राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण



 

सैघाली खबर,
काठमाणडौ २४ कात्तिक।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गरेकी छिन्। डा।गोविन्द केसीको माग अनुसार कात्तिक ६ मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेशलाई राष्ट्रपतिबाट शुक्रबार मात्र प्रमाणीकरण भएको हो।

डा गोविन्द केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।

मन्त्रिपरिषदबाट पारित विधेयक प्रमाणीकरण वा फिर्ता सम्बन्धनमा कुनै पनि जानकारी प्राप्त नभएपछि डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा तोषिमा कार्की, डा अभिशेकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले राष्ट्रपति कार्यालयमा सूचनाको निवेदन दर्ता गराएका थिए।

यसअघि बिहीबार डा केसीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चिकित्सा शिक्षा अध्यादेश राष्ट्रततिबाट प्रमाणीकरण नभएको विषयमा छलफल गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्