बिजौरीमा स्वास्थ्य शिबिर शुरु , नियमित स्वास्थ्य जाँच गराउन आबश्यक



दिपक बोहरा,
बिजौरी २४ कात्र्तिक ।
मानिस स्वास्थ्य हुन नियमित स्वास्थ्य परिक्षण गराउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । मानिसको स्वास्थ्य नै धन भएकाले नियमित स्वास्थ्य जाँच गराउनु पर्ने उनीहरुले बताएका हुन् ।

असहाय बाल बिकास नेपाल दाङले तुलसीपुर १८ बिजौरीमा गरेको एक दिने निःशुल्क स्वास्थ्य शिबिर उद्घाटन कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै बक्ताहरुले आफ्नो स्वास्थ्यको सुरक्षा गर्न आबश्यक रहेको बताएका हुन् । संस्थाका अध्यक्ष बिष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथ तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले स्वास्थ्यलाई सुरक्षित राख्न नियमित यस्ता स्वास्थ्य शिबिर आबश्यक पर्ने बताईन् ।

उनले फरक प्रसंगमा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा पर्ने मध्यपश्चिम आर्युवेद औषधालयको स्तरउन्नती हुनुपर्ने बताईन् । मध्यपश्चिमकै गौरबको रुपमा रहेको उक्त औषधालय पछिल्लो चरणमा प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेकाृे भन्दै आर्युवेदिक पद्धतिबाट प्रभाबकारी रुपमा उपचार गर्न उक्त औषधालयलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न सबैले पहल थाल्नु पर्ने बताईन् ।

‘ कुनै समय सुत्केरी भएमा हामी त्यही औषधालयमा जान्थ्यौ, त्यतिबेला प्रभाबकारी रुपमा सञ्चालन भएको थियो ’ उनले भनिन्‘ तर अहिले त त्यस्ता सबै सेवा पनि बन्द भईसकेका छन् । जसले गर्दा बिरामीलाई समस्या हुने गरेको छ ।’ कार्यक्रममा नेपाल संस्कृत बिश्व बिद्यालय बिजौरीका डीन प्रा.डा. सञ्जय पोख्रेलले दाङको आर्युवेद स्वास्थ्य सेवाका लागि सबैको पहल आबश्यक भएको बताए ।

 

कार्यक्रममा मध्यपश्चि आर्युवेद औषधालयका मेडिकल सुपरिटेन्डेन्ट डा. राम कामेश्वर ठाकुरले यहाँको आर्युवेद स्वास्थ सेवा प्रभाबकारी बनाउन भौतिक पुर्बाधार निर्माण गर्नुका साथै यहाँको सेवा स्तरउन्नती गर्नुपर्ने बताए । कार्यक्रममा आर्यूवेद औषधालय बिकास समितिका अध्यक्ष भैरबमज्गैया, जनता बिद्यापीठका पाचार्य माधब अधिकारी, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वलीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रशासनीक प्रमसख कृष्ण रिजालले गरेका थिए ।

यसैबीच आज एक दिने स्वास्थ्य शिबिर शुरु भएको छ ।

शिबिर साँझ ४ बजे सम्म सञ्चालन हुने अध्यक्ष बिष्णु चौधरीले बताए । शबिरमा मध्यपश्चिमाञ्चल आर्युवेद चिकित्सालका मेडिकल ंसुपरिटेन्डेन्ट डा. रामकामेश्वर ठाकुर, डा. गोकर्ण दाहाल, डा.रेश्मा केसी, नेपाल संस्कृत बिश्वबिद्यालयका डिन प्रा.डा.सञ्जय पोख्रेल, साहयक डिन डा.रामेश्वर अर्याललगायतका डाक्टहरुले स्वास्थ्य परिक्षण गरिरहेका छन् ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्