देउखुरीमा बोइलर कुखुराको मुल्य फेरि बढ्यो



ओमप्रकाश गुप्ता,सिसहनियाँ । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य माघ १२ गते देखि लागु हुने गरी पुन बढेको छ ।
देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बसेको बैठकले कुखुराको मुल्य पुन बढाएको हो । अव जिउदो कुखुराको मुल्य २२० रुपैयाँ कायम गरेको छ भने फ्रेसमासुको मुल्य ३३० रुपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको मुल्य २०० थियो भने फ्रेसमासुको मुल्य ३०० रुपैयाँ कायम गरेको थियो । कुखुरा कमी र माग अत्याधिक भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्