सुनवल नगरपालिका वडा नम्बर आठ अस्नैयामा अपांगता परिचय पत्र बितरण



उर्मिला यादव, सुनवल/ पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुलाइ बितरण हुदै आएको परिचय पत्र आज सुनवल नगरपालिकाको वडा नम्बर ८ अस्नैयामा एक कार्यक्रमको आयोजना गरी बितरण गरीएको छ ।

वडा नम्बर ८ का वडा अध्यक्ष निलकण्ठ गैरेको अध्यक्षतामा आज वडा नम्बर ८ अस्नैयामा अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको हो ।

सुनवल नगरपालिकाको आयोजनामा ४ वर्गमा बितरण गरीएको सो परिचय पत्र क वर्गमा ३ जना, ख बर्गमा ४ जना, ग बर्गमा १ जना र घ बर्गमा ४ जना गरी १२ जना अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिनु भएको छ ।

कार्यक्रममा सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ , सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे, जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख मोहम्मद नुरुल होदा , अपांग समन्वय समितीका सदस्यहरु राधा सापकोटा , फुलमाया चापागाइ , एवम वडा नम्बर ८ का जनप्रतिनिधी लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नगरबासिलाई सहज र सुलभ तरिकाले सेवा दिने उदेश्यले प्रत्येक वडामा परिचय पत्र बितरण शिबिर राखिएको नगरपालिकाले जनाएको छ ।
यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर ७ ज्यामिरेमा अपांगता परिचय पत्र बितरण गरीने गैरेले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्