“तीन वर्ष भित्र सवै सुकुम्बासीको हातहातमा लालपुर्जा उपलब्ध हुन्छ” : मेटमणी चौधरी



ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको लमही नगरपालिका ३ नारायणपुरमा सोमबार देखि श्रीमदभागवत ज्ञान महायज्ञ सुरू भएको छ । नारायणेश्वर मंन्दिरको भौतिक पुर्वाधार निर्माण गर्ने उदेश्यले महायज्ञ संचालन भएको हो । समितिका अध्यक्ष अमृत वलीको अध्यक्षयता एवम् प्रतिनिघि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा महायज्ञको उदघाटन गरिएको छ ।

महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य चौधरीले अबको ३ बर्षमा सबै सुकुम्बासीहरूको हात हातमा लालपुर्जा उपलब्ध गराई जग्गाको मालिक बनाउने बताएका छन् । साथै चौधरीले नारायणेश्वर मंन्दिरको भौतिक पुर्वाधार निर्माणका लागि १५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । आगामी बर्षमा उक्त रकम आफ्नो सांसद क्षेत्र बिकास कोषबाट उपलब्ध गराउने बताएका छन् ।

कार्यक्रममा आर्दश नमुना माबि देउपुरका अध्यक्ष रेशमबहादुर खड्का ,राप्रपाका गोरखबहादुर केसी लगायतले बोलेका थिए । दानवीर समितिका संयोजक निमबहादुर थापाले मंन्दिरको बिकास निर्माण कार्यको ९ बुढे आघारपत्र पेश गरेका थिए । २०६८ सालमा स्थापना भएको पुरानो मंन्दिर ओझेलमा परेकोमा अन्य बोल्ने सबैले दुख ब्यक्त गर्दै संम्बन्घित निकायले संरक्षण तथा संबर्धन गर्नुपर्ने भनाई राखेका थिए । लमही बजार देखि झन्डै २ किलोमिटर पहाडको टुप्पोमा उक्त मंन्दिर रहेको छ ।

समितिका प्रचार प्रसार समितिका संयोजक बालगोबिन्द चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिवालय संयोजक राजेन्द्र खड्काले र संचालन संचारकर्मी भानु जोसीले गरेका थिए । सात दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथा वाचकमा गोकर्णदेव उपाध्याय रहेका छन् । प्रत्येक दिन बिहान ६ बजे देखि कार्यक्रम सुरु हुने र अपरान्घ ४ बजे सम्म जारिरहने बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्