उत्तम कुमार थापा, बझाङ
वित्थडचिर गाउँपालीका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उद्घघाटन भएको छ । जिल्लाको पहिलो खुटकिलामा पर्ने वित्थडचिर गाउँपालीकाको सुनकुडा माद्यामिक विद्यालयको प्राङ्गणमा आज देखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७६ को समउद्घघाटन भएको हो ।
आज उद्घघाटन भएको कार्यक्रममा वित्थडचिर गाउँपालीका वडा नम्बर ७ का अध्यक्ष तथा सामाजिक शाखा सँयोजक प्रशाद बिष्टको अध्यक्षतामा सुरुभएको कार्यक्रमका प्रमुख अतिथि वित्थडचिर गाउँपालीका अध्यक्ष प्रेम बहादुर बोहरा विशिष्ट अतिथि गाउँपालीका उपाध्यक्ष जानकी बोहरा रहनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरु, विद्यालयका प्र। अ। हरु विभिन्न विद्यालय बाट आएका विद्यार्थीहरु, राजनीति दलहरु,समाजसेवी ,बुद्धिजीवी शिक्षक प्रेमि रहेको गाउँपालीका प्रवक्ता हर्क बहादुर धामीले बताए ।
आज देखि सुरुभएको कार्यक्रममा गाउँपालीकाका पाँच वटा विद्यालय सहभागी रहेका छन । जसमा सुनकुडा मा।वि ,सुनकुडा मष्टा मा।वि धारी ,देव्यश्वरी मा।वी देउलेख, माहादेब मा।वी श्याडी ,केदार मा। वी वित्थडले सहभागीता जनाएको छ । सहभागी विद्यालयले भलिबल कवडी जस्ता खेलहरुमा भागलिएका छन रनिङ्ग शिल्ड खेलसन्चालक समितिका सँयोजक खेलकुद प्रशिक्षक योगेन्द्र बोहरा रहेका रहनुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य भने स्वागत मन्तब्य गाउपालिका शिक्षा शाखा प्रमुख मधन बमले राख्नुभएको थियो,कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । पुर्वको बर्षमा वित्थडचिर गाउँपालीका बाट प्रदेशमा भएको रनिङ्ग शिल्डमा १५ जनाले सहभागीता जनाएको थियो भने कार्यक्रम सञ्चालन गोविन्द्र ढाटले सर्नुभएको गाउँपालीका प्रवक्ता धामीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।