यातायात कार्यालय राप्तीद्धारा पुनः ट्रायलको समय सार्बजनीक



दिपक बोहरा,
तुलसीपुर ,२४ कात्तिक
यातायात ब्यबस्था राप्तीले मोटरसाईकल र स्कुटीकालागि पुनः ट्रायल गराउने समय निर्धारण गरेको छ । कार्यालयले आज शुक्रबार सुचना जारी गरी कात्तिक २७ गते देखी मंसिर ३ गते सम्म बिहान ७ बजे देखी दिउसो ३ बजे सम्म पुनः ट्रायल बनाउने समय तोकेको छ ।

कार्यालयका अनुसार रोल नं.१३३०५०४ ल् देखी २६७१६०२ ल् सम्मको मोटरसाईकलका लागि कात्तिक २७ गते , रोल नं. २६७१६०९ ल् देखी २६९९२५८ ल् सम्मको कात्र्तिक २८ गते, २६९९२६३ ल् देखी २७०२०१६ ल् सम्मको कात्र्तिक २९ गते, २७०२०२८ ल् देखी २७०४४३२ ल् सम्मको कात्र्तिक ३० गते , रोल नं. २७०४४३३ ल् देखी २७०७६८४ ल् , ५४७४२१ल् र ५६०१८० ल्सम्म मंसिर १ गते पुनः ट्रायल हुन लागेको हो ।

त्यस्तै स्कुटर र मोपेड का लागि फर्म भरेका सबै रोल नं. भएकाहरुले मंसिर ३ गते र सोही दिन मोटरसाईकलको थपबर्गका लागि फर्म भरेका सबैले पुनः ट्राईल दिने समय तोकिएको छ ।
कार्यालयले २०७४ भदौ २५ देखी असोज ५ गते सम्म भएको ट्रायल परिक्षामा अनुतिर्ण भएकाहरुका लागि कात्र्तिक ६ देखी ८ गते सम्म फर्म संकलन गरेको थियो । उनीहरुका लागि पुनः ट्रायलको ब्यबस्था गरेको कार्यालयले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्