नेपाली कामदारलाई करोड क्षतिपूर्ति



काठमाडौं ।  कतारको मर्करी मिना नामक इन्जिनियरीङ कम्पनीले ३४ नेपाली कामदारलाई तलब र रोजगारी बापत दिनुपर्ने अन्य सुविधा बापतको करिब एक करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ ।

उनीहरूलाई कतारमा अलपत्र र बेखर्ची अवस्थामा पुर्‍याएपछि एम्नेस्टी इन्टरनेसनलले समेत क्षतिपूर्ति र शोषणजन्य श्रम प्रणालीमा सुधारको आह्वान गरेको थियो । सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको उक्त इञ्जिनियरिङ कम्पनीमा कार्यरत नेपाली सहित ठुलो संख्याका अन्य देशका आप्रवासी श्रमिकहरु समेत शोषणमा परेको एमनेष्टी इन्टरनेशनलको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले सन् २०१५ मा फर्कन बाध्य भएका ३४ नेपाली कामदारलाई करिब ९० लाख रुपैयाँ नेपालस्थित कतारी राजदूतावासमार्फत दिलाउन तय भएको जानकारी दिएका छन् । एम्नेस्टी इन्टरनेसनलले कतारबाट विना तलव घर फर्केका ३४ जना नेपालीसँग अन्तर्वार्ता गरी उनीहरु शोषणमा परेको पत्ता लगाएको बताएको थियो । मध्यान्हबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्