बैतडी, नुवाकोट, मोरङ र नवलपरासी ९पश्चिम० मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
बैतडी, पाटन नगरपालिका(१ सकारस्थित सडकमा म।१ त १७२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बर्ष ३५ वर्षीय नरेन्द्रराज भट्टराईको उक्त ट्याक्टरबाट खसेर सोमबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट, बेलकोटगढी नगरपालिका(७ बुद्धसिंङघाटस्थित सडकमा बा।६३ प १८२६ नम्बरको मोटरसाइकल सोमबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका(७ चैनपुर बस्ने ३२ वर्षीया आरती श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी आरतीको बाँसबारी न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ ज्वालामुखी गाउँपालिका(७ चैनपुर बस्ने तिलक श्रेष्ठको अन्नपूर्ण न्युरो अस्पताल माईतीघरमा उपचार भइरहेको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका(४ गछियास्थित सडकमा को।३१ प ८८३ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका(४ बस्ने २६ वर्षीय धिरेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी ९पश्चिम०, बर्दघाट नगरपालिका(१६ कुकुरमारास्थित सडकमा लु।१८ प ३०८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ पृथ्वीबस्ती बस्ने २४ वर्षीय विशाल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।