मेयर चौधरीले १२ कर्मचारीलाई जागिरबाट निकालिदिए




इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमबार एकै दिन इटहरी उपमहानगरपालिकामा कार्यरत १२ जना कर्मचारीलाई जागिरबाट निकालिदिएका छन् ।

करार सम्झौता सकिएको समयमा नवीकरण नगरी मेयरको एकल निणर्यबाट चौधरीले निकालिदिएका हुन् । निकालिएका कर्मचारी मध्ये अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लवप्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठलगायत नौ जना स्वास्थ्य क्षेत्रका रहेका छन् ।

उपमहानगरलाई जनशक्ति कम हुँदा उनीहरुले नगरवासीलाई सेवा प्रदान गर्दै आइरहेका थिए । निकालिएका कर्मचारी सबै करारमा नियुक्ति भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्