प्रहरीले गायिका आस्था राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभियोग पत्र दायर भइसकेको बताए ।
योसँगै प्रहरीले थुनछेक बहसका लागि राउतलाई जिल्ला प्रशासन कार्यालय र्पुयाएको छ । मंगलबारै बहस सकिए प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी वा साधारण तारेखमा राउतलाई छाड्न सक्छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।