बर्मा हत्याकाण्डको छानिबिनका लागि दवाव ¥याली



सैघाली खबर
काठमाण्डौ, २४ कार्तिक । बर्मा हत्याकाण्डको निष्पक्ष छानबिनका काठमाडौमा आज शुक्रबार दबाब ¥याली निकालिएको छ । दङाली युवा शुशील अधिकारी र किरण थापाको नेतृत्वमा दबाब ¥याली निकालिएको हो । 

बर्मा हत्याकाण्डको लामो समय बितिसक्दा पनि छानबिनमा ढिलाई भयको भन्दै युवाहरुले अपरान्ह ४ बजे काठमाडौको माईतिघर मण्डलामा दबाब स्वरुप ¥याली निकालिएको थियो । बर्मा हत्याको निष्पक्ष छानबिन गर, हत्या हिंसा कहिले सम्म, हामी मौन जहिले सम्म,अपराधिलाई साथ दिने ब्यक्ति त्यो पनि स्वयम अपराधि हो । नारावाजी गरिएको थियो ।
उक्त दबाब र्यालीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सम्बोधन गर्दै रहस्यमय हत्याको निष्पक्ष छानबिन गर्न माग गर्नुभयको छ ।

उहाँले घटनाको प्रकृति हेर्दा बर्माको आत्महत्या नभई हत्या नै भयको भन्दै यथाशिघ्र राज्यलाई घटनाको छानबिन गरेर दोषीलाई कारवाही गरिनुपर्ने बताउनुभयो । दोषिलाई कार्वाही नभय पिडित पक्षवाट आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सचिब देबिका घर्ति मगरले हत्याकाण्डको सत्यतथ्य छानविन गरी बाहिर ल्याउनु पर्ने बताउनुभयो । पिडित न्याय र दोषीलाई कार्वाही गरिनु पर्ने बताउनुभयो ।

स्वर्गीय प्रमोद बर्मा रेडियो स्वर्गद्धारीमा कार्यरत पत्रकार पार्वती बस्नेतका श्रीमान नेपाल बैंक लिमिटेड बर्दियाको गुलरिया शाखामा शाखा प्रवन्धकका रुपमा कार्यरत हुनुहुनथ्यो । बर्माको शब गत साउन २३ गते बाँकेको अगैया जंगलमा मृत फेला परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्