शेख खालिफ बने कतारको नयाँ प्रधानमन्त्री



कतारका अमिर(राजा) ले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । अमिरले एक शाही आदेशमार्फत् नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले शेख खालिफ बिन खालिफा बिन अब्दुलाजिज अलि थानीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

अमिरले यसअघिका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खालिफा अल थानीले दिएको राजीनामा स्वीकृत गरी नयाँ प्रधानमन्त्री नियुक्त गरेको कतार न्युज एजेन्सीले बताएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेख खालिफाले प्रधानमन्त्रीसँगै गृहमन्त्रालय (इन्टेरिअर मिनिस्ट्री) को जिम्मेवारी पनि सम्हाल्ने छन् । उनले अमिरसमक्ष पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

शेख खालिफ यसअघि अमिरी दिवान वा अमिरको कार्यालयका प्रमुख थिए । संयुक्त राज्य अमेरिकाबाट शिक्षा हासिल गरेका उनले ग्यास यद्योगमा समेत काम गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्