तुलसीपुरमा समाजवादीको क्षेत्रीय कार्यालय स्थापना



तुलसीपुर । समाजवादी पार्टी दाङ क्षेत्र नं. ३ को कार्यालय तुलसीपुरमा स्थापना गरिएको छ । संगठन विस्तार र सुदृढीकरण अभियानसंगै पार्टी कार्यालय पनि स्थापना गरिएको हो । पार्टीका केन्द्रीय सदस्य तथा अभियानका दाङ जिल्ला संयोजक हरि रिजालले कार्यालयको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा रिजालले अवको विकल्प समाजवादी पार्टी नै भएको दावी गरे । पार्टीका जिल्ला उपाध्यक्ष मोहन सिंह वलीको अध्यक्षतामा भएका कार्यक्रममा उनले मुलुकलाई नयाँ ढंगबाट गति दिन समाजवादीको विकल्प नभएको बताए ।

त्यस अवसरमा पार्टीका जिल्ला सह–इन्चार्ज सुरेन्द्र प्रकाश चन्द ,जिल्ला सह–इन्चार्ज टोपवहादुर महतरा, पार्टीका सल्लाहकार चुर्ण सुनारलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पार्टीका संघीय परिषद सदस्य जीवन भण्डारीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्