युद्ध सेल्टरमा महरा पुग्दा



 


सैघाली खबर

दाङ, २४ कार्तिक । बिहान नै देखि कुटिचौर गाउँको चहल पहल बेग्लै देखिन्यो थियो । महरा त्यहा पुग्दा गाउँहरुले हात हातमा फुलका माला लिएर लाईनमा उभिएका थिए । कसैको हातमा पुष्प गुच्छा थिए त कसैकोमा हरियाँ हतौडा अंकित झाण्डा । कुनै समय गाउँमा प्रहरी पस्ने बित्तिकै महरा गाउँबाट भगाँउने कुटिचौर बासीहरु जब दुई ÷तीन वटा गाडीमा प्रहरी राखेर गाउँ छिर्नु भयो तब सबै गाउँले छक्क परे । महराले युद्धकालका विभिन्न घटनालाई समेत स्मरण गर्दै कुराकानी गर्दै गर्दा धेरै गाउँलेहरु भावुक नै देखिन्थे ।

‘म जनयुद्धको बेला यो बाटोमा कैयौं पटक ओहोर–दोहोर गरिसकेको छु, मलाई युद्धकालमा तपाइले नै सुरक्षा दिएर बचाउनुभयो आज म फेरी आएको छु महराले भन्नुभयो । तपाईले मलाई फेरी पनि माया गर्नु हुन्छ भनेर चुनावको प्रचार गर्न आएको छु । प्रतिनिधी सभा क्षेत्र नं. २ का उम्मेदवार रहनु भएका महराले कुटिचौरका जनतासंग गहिरो सम्बन्ध रहेको स्मरण गर्नुभयो । तपाईहरुले मलाई सुरक्षा नदिएको भए आज फेरी यस ठाँउमा आउनु पाउँथे पाउदैन थे भन्न सक्दैन उहाँले भन्नुभयो । २०५४ सालमा सुंगुर खोलामा प्रहरीले घेरा हालेपछि धौ–धौ बचेको स्मरण मलाई महराले गर्नुभयो । त्यहिबेला शिक्षकको परिचय दिएर म, सन्तोष बुढा र यज्ञश्वर शर्मा प्रहरीबाट भागेर बच्यौ , यज्ञश्वर अहिले सहिद हुनुभयो उहाँले थप्नुभयो

प्रहरीबाट उम्कनलाई महराहरुले त्यतिबेला आफ्नो घर मानपुर भएको परिचय दिनुभयो तर, प्रहरी नै मानपुरको भएपछि मलाई कुरो मिलाउन निकै गाह्रो भएको थियो स्मरण गर्नुभयो । ‘पछि धेरै बहाना बनाएर प्रहरीबाट उम्कन सफल भयौं उहाले थप्नुभयो । कुरागर्दा गर्दै भावुक मुद्रामा देखिएका महरा गाउँलेलाई महरा गाउँ पस्दा फेरी युद्धले झल्को दियो । त्यही वर्ष ग्वारखोला पार गर्ने क्रममा महराको चप्पल खोलाले बगायो खाली खुट्टै गाउँमै आएर बसेक स्मरण गर्नुभयो । मैले प्रचण्डलाई पनि यो बाटोबाट धेरै पटक हिडाएको छु । पहिले म र प्रचण्ड यो बाटो हिड्दा बाटो जस्तो थियो अहिले पनि उस्तै छ कुनै फरक छैन मलाई फेरी युद्धकै याद आयो महरालेले भन्नुभयो ।

वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका साझा उम्मेदवार कृष्ण बहादुर महरा रुपमा भोट माग्दै घरदैलो अभियानमा त्यहा पुग्न भएको थियो । वाम गठबन्धनले चुनावी कार्यक्रमअन्तर्गत पहिलो पटक तुलसीपुर– १९ कुटेचौरमा आयोजना गरेको संयुक्त सभामा जानुभन्दा पहिले उहाँले सो बाटोका आसपासमा आफुले सेल्टर लिएको घर ÷घरमा पुगेर भोट माग्नु भएको थियो । उहाँले जनताका समस्या सुन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबध्ता समेत दिनुभयो । युद्धपछि ‘मैले संविधान निर्माणको काममा सक्दो पहल गरें, अब पाँच वर्ष मेरो पूरै ध्यान तपाईहरुको गाउँको विकासमा केन्द्रित गर्नेछु ।अब म यो बाटो पिच गर्नको लागि केन्द्रबाट पहल गर्छु ।घरदैलोकै क्रममा महराले किसानको बालीनालीका बारेमा समेत बुझनु भएको थियो । त्यस अबसरमा स्थानीय चुर्णबहादुर पार्धेले सिचाइको अभावका कारण आफूहरुलाई समस्या परेको गुनासो गर्नुभयो । महराले यस क्षेत्रको सिचाइका लागि पहल गर्ने बताउनुभयो ।

सो अवसरमा स्थानीयबासीले त्यस क्षेत्रमा मोवाइलको टावरले काम नगर्ने बताएका थिए । जनयुद्धको बेला महरालाई एक रात सेल्टर दिएका मनिकापुरका पत्रकार राकेश बस्नेतले महरा यही क्षेत्रबाट चुनाव लड्न आएकोमा यस क्षेत्रका जनता निकै खुशी भएको बताउनु भएको थियो ।संयुक्त सभालाई सम्बोधन गर्न महरा र प्रदेश सभा क्षेत्र नं २ ÷२ का उम्मेदवार एमाले नेता अमरबहादुर डाँगी कुटेचौर पुग्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्