काँग्रेसको चुनावी प्रचारमा युवा देखि बृद्ध सम्म



सैघाली खबर
दाङ, २४ कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनाव प्रचारका लागि काँग्रेसले युवा देखि बृद्ध सम्मका कार्यकर्ता परिचालन गरेको छ । गाउँ केन्द्रित गरेको चुनावी प्रचार क्रममा गाउँ गाउँमा घर दैलो अभियान चलाएको काँग्रेस दाङले जनाएको छ ।शुक्रवार उनीहरुले घोराही उप महानगर पालिका वडा नम्वर ११ र १२ नम्वरका विभिन्न स्थानमा पुगेर घरदैलो अभियान सञ्चालन गरेका हुन ।दैलोमा सहभागि निर्वतमान सांसद अनिता देवकोटाले नेपाली काग्रेसले वियजी भएमा देशमा समृद्धिको दिशामा अगाडि वढने बताउनुभयो ।चुनावी सभामा वोल्दै प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्धार राजु खनाले देशको विकास र निकास नेपाली कांग्रेसले गर्र्ने बताउदै नेपाली काग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो ।

जनतालाई साथ दिन्छु गिरी
नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले जनतालाई साथ दिने वताउनुभयो ।दाङको समृद्धि हरेक सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर १२ स्थित कचिलाको चौधरी गाँंउमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सिंचाई मन्त्रि समेत रहेका गिरीले राजनितिमा लागे देखि नै दङ्गाली जनताको हितका लागी लागि परेको भन्दै आफ्नो ९ महिने मन्त्रिकालमा पश्चात कृषिको क्षेत्रमा दाङले मुहार फेरेको समेत दावी गर्नुभयो ।यस्तै नेपाली कांग्रेसका नेता वुद्धिराम भण्डारीले आफ्नो जित सुनिश्चित भएको वताउनु भएको छ । समग्र दाङको विकासका लागी सांसद् हुदा गरेको योगदान र ईमान्दार छविका कारण मतदाताहरुले आफु र नेपाली कांग्रेसलाई रोज्नेमा विश्वस्त रहेको दावी गर्नुभयो । पत्रकारहरुसंग कुरा गर्दै निवर्तमान सांसद् भण्डारीले यस्तो दावी गर्नुभएको हो

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्