स्वरोजगारको ग्यारेन्टी गर्छु –पोखरेल




सन्तोष दहित
दाङ, कार्तिक २४ गते । नेकपा एमालेका नेता शंकर पोखरेलले पाँच नम्बर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने बताउनुभएको छ । ‘पाँच नम्बर प्रदेशका वेरोजगार युवा अब विदेश जानु पर्दैन । निश्चित रहनुहोस् निर्वाचन पश्चात् हामी छिट्टै बैदेशिक रोजगारमा युवा विदेशिने परिपाटिको अन्त्य गछौँ‘– उहाँले भन्नुभयो । शुक्रबार दाङको बङ्गलाचुली गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्री भावि उमेद्वार पोखरेलले निर्वाचन पश्चात् पाँच नम्बर प्रदेशका युवाहरुको तथ्याङ् संकलन गर्ने र सो तथ्याङ्का आधारमा ३ बर्ष भित्र नितिगत योजना बनाई शैक्षिक योग्यताका आधारमा रोजगारमूलक सिप प्रदान गर्ने उद्घोष गर्नुभयो ।

उहाँले बाम तालमेल चुनाव जित्नैका लागि मात्र नभएर विकास र दिगो राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गदैँ–‘एमाले–माओवादी केन्द्रको यो चुनावी सहकार्य चुनाव सकिए लगतै पार्टि एकिकरणमा परिणत हुन्छ’ भन्नुभयो । नेता पोखरेलले चुवान लगतै आफ्नो नेतृत्वमा गठन हुने प्रदेश सरकारले पहाडि गाविसको विकासको अभाव, बाटो, सडक, स्वास्थ्य, आभास लगायतका जनताका आधारभूत आवश्यकता पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शुक्रबार दाङको बङ्गलाचुली गाउँपालिकाको वडा नम्बर ५ र ६ मा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता पोखरेले समाजसेवी, शिक्षक, सर्वसाधारणलाई विशेष प्रशिक्षण दिनु भएको थियो । उत्साजन सहभागिता रहेको सो कार्यक्रममा प्रदेश नम्बर ५ २(क)का समानुपातिक उमेद्वार वलीभद्र राना, युवा नेता मनोहर बुढाथोकी, विवेक श्रेष्ठ, चुनाव परिचालन समितिका संयोजक लक्ष्मण आर्चाय, उपप्रमुख सुभाष पुन लगायतले अगुवा भेलामा मन्तव्य राख्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्