तालिवानी वि’द्रोहीको आ’क्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
“बुधबार बिहानको समयमा भएको आ’क्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आ’क्रमण गरेका र घ’टनामा १२ सैनिक र एक प्रहरीको घ’टनास्थलमा नै मृ’त्यु भएको छ,” प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्रित गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ ।
घ’टनामा आठ सैनिक र चार प्रहरी घा’इते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ । आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी वि’द्रोहीको मृ’त्यु भएको र पाँच लडाकू घा’इते भएका बताएका छन् । भि’डन्त करिब चार घण्टासम्म भएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।