​तुलसीपुरमा ८ बजे पछि होटेल खोल्न नपाईने



दिपक बोहरा
तुलसीपुर,२५ कार्तिक


शनिबार बेलुका ८ बजे पछि तुलसीपुरमा होटेल खोल्न नपाईने भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाबलाई शान्तिपुर्ण , मर्यादित र भयरहीत वातावरणमा सम्पन्न गराउन बेलुका ८ बजे पछि होटेल खोल्न नपाईने भएको हो ।

चुनाबको समयमा होटेलमा बसेर बिभिन्न चलखेल हुने गरेकाले आज शुक्रबार ईलाका प्रशासन कार्यालय तुलसीपुर, ईलाका प्रशासन कार्यालय तुलसीपुर, शसस्त्र प्रहरी बल तुलसीपुर, तुलसीपुर होटल ब्यबसायी समिति, सामुदायीक प्रहरी सेवा केन्द्र सम्मिलत बैठकले यस्तो निर्णय गरेको हो । ८ बजे पछि मदिराजन्य बस्तु किनबेच गर्न समेत नपाईने निर्णय भएको छ ।

साथै बैठकले निर्बाचनको समय अबधिभर होटल तथा लजमा बस्न आएका ग्रहाकहरुको परिचयपत्र हेरी नाम ठेगाना र टेलिफोन नं. अनिबार्य रुपमा राख्ने निर्णय भएको छ । यदि निर्णय बिपरित कुनै होटेल ब्यबसायले कार्य गरेको पाईएमा कानुनी कारबाही गरिने समेत निर्णय भएको छ ।

बैठकमा ईलाका प्रशासन कार्यालय तुलसीपुरका यादव प्रशाद भुषाल, सशस्त्र प्रहरी बल बेश क्याम्प तुलसीपुरका जगदिश जोशी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश बिष्ट, तुलसीपुर होटेल ब्यबसायी समितिका अध्यक्ष टिकाराम खड्का, सामुदायीक प्रहरी सेवा केन्द्र तुलसीपुरका संयोजक नारायणी रजौरेलगायतको सहभागीता रहेको थियो । ​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्