अन्तरजातीय बिवाहा गरेकी सुजनाको बिचल्ली, घरबेटीले ताला लगाइदिए ,श्रीमान सम्पर्क बिहिन (भिडियाे)

आमाछोरी सडकमा , श्रीमान खोज्दै मिडियामा


थाहा अनलाइन , काठमाडौ । १० बर्ष अगाडि अन्तरजातीय बिवाहा गरेकी सुजना नेपालीलाई यतिबेला प्रेम , बिवाहा अभिषाप बनेको छ । दोलखा लामिडाडामा जन्मेकी सुजना नेपाली आफ्नो परिवारसहित काठमाडौ बस्ने गर्थिन । १३ बर्षको बाल्यकालमा आफुभन्दा १३ बर्ष जेठो भक्तपुर घर भएको अनिल श्रेष्ठले भगाएर बिवाहा गरेका थिए ।

 

बिवाहा गरे पछि विभिन्न बाहाना गराइ आफ्नो घर भक्तपुर भने लगेनन् । काठमाडौ हरिसिद्दीमा सानो कोठा खोजी सगै बस्न थाले बिवाहाको ६ बर्ष पछि एउटा छोरी समेत जन्मिन् ।

पेशाले ड्राइभर अनिल श्रेष्ठ धरान काठमाडौको बस चलाथे , बिवाहाका केहि बर्ष राम्रै बिते पनि छोरीको जन्म पछि श्रीमानको व्यबहारमा परिबर्तन आएको बताउछिन् सुजना ।
सामान्य कुरामा पनि सानोजात , दमाई , तेरा परिवार दमाई , भन्ने हरेक कुरामा जात जोडेर गाली गर्ने , कुटने अनि पागल हो भन्ने र आफ्ना दाइ, भाउजू र परिवारलाई समेत पागल हो भनी मानसिक यातना दिदै ब्यवस्ता गर्न थाले ।

 

पछिल्लो समय फोन स्विच अफ गर्ने , रिसिभ नगर्ने , कोठामा नआउने , आए पनि पैसा नदिने कुट्ने गर्न थाले , उनि भन्छिन् ” पछिल्लो तिन महिना देखि मेरो सम्पर्कमा हुनुहुन्न तीन महिनाको भाडा नदिएपछी घरबेटीले कोठामा चाबी लगाइदिए , बोर्डिङमा फिस तिर्न नसकेपछि छोरीको पढाइ बन्द भो अहिले न पैसा , न श्रीमान सम्पर्कमा न त बस्ने न खाने ठाउँ अहिले सडकको बाँस भएकी छु ” साथमा नाबालक छोरी छ म के गरु ? सानोजात भएको कारण मलाई श्रीमानले यस्तो बिचल्ली बनाउनु भो ।

 

परिवारको सम्पर्कमा भएको सुजनाको दाबी छ , तर परिवारले उल्टा तेरो पोइको ठेक्का लिएको छ र भन्दै सहयोग नगरेको बताउछिन् । हुन त अन्तरजातीय बिवाहा गर्दा यसरी बिचल्लीमा परेका दलितबहिनि धेरै छन् सुजनाको मात्र यो पीडा होईन प्राय नै गैरदलित युवासग बिवाहा गर्दा यसरी नै जातको कारण देखाइ छोडने र दुख दिने घटना कयौं छन् ।

 

 

उनी अहिले मिडियामा आफ्नो छोरीको न्यायको लागि यसरी रुदै आएकी छिन ।
हेर्नुहोस भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्