मुख्य समाचार

माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु

By थाहा अनलाइन

November 11, 2017

सैघाली खबर काठमाडौं,२५ कार्तिक

सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामाा चालक र सहचालकसहित १० जना घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका ३१ वर्षका पारस तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन । घाइतेको सुर्खेतको माया मेडिकल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।