फेरि लियो टिपरले ज्यान , क्षेत्र तनावग्रस्त ,स्थानीले गरे दुई दर्जन बढी टिपर र स्काभेटरमा तोडफोड



 

गोरखा– टिपरले ठक्कर दिँदा महिलाको ज्यान गएपछि गोरखाको छेपेटार क्षेत्र तनावग्रस्त बनेको छ ।दूध बिक्रीका लागि बजार हिँडिरहेकी महिलालाई गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा उनको ज्यान गएको छ ।

टिप्परको ठक्रबाट गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । क्रसरबाट निस्केको टिपरले उनलाई किचेको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले उक्त क्रसर उद्योगमा रहेका दुई दर्जन बढी टिप्पर र स्काभेटरमा तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् ।

तामाङको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । महिलालाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएपी खतिवडाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्