लुम्बिनी आउने रेल दाङमा पनि ल्याउँछौ महरा



जनक नेपाली
दाङ,२५ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले केरुङबाट लुम्बिनी आउने रेल दाङ ल्याउने बताउनु भएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले घोराहीमा आयोना गरेको भेलालाई सम्बोधन गर्दै महराले यस्तो वताउनुभएको हो । महराले नेपालमा रेलमार्ग जोड्नका लागि आफुले भुमिका खेलेको वताउनुभयो । मन्त्री हुदा चिन भ्रमणका क्रममा रेल नेपाल ल्याउनका लागि त्यहाको सरकार संग सझौता गरेको वताउँदै पश्चिम नेपालकै केन्द्र बनाउँन खोजेको अबस्थामा लुम्बिनी आउने रेल दाङमा ल्याउने सपना आफुले देखेको वताउनुभयो ।

चिनियाँ टोलीले लुम्बिनीमा रेल सञ्चालनका लागि प्रारम्भिक सर्बे समेत गरेको वताउँदै लुम्बिनी आउने पर्यटकलाई दाङमा भित्त्राउनका लागि भुमिका खेल्ने वताउनुभयो ।दाङ प्रदेशको राजधानी बन्ने अन्तिम चरणमा रहेकोउल्लेख गर्दे चुनावपछि गठन हुने सरकारले राजधानी तोक्ने वताउनुभयो । प्रदेशको राजधानी दाङ हुने वित्तिकै दाङ लुम्बिनी, दाङ,स्वर्गद्धारी कुपेन्डेदह र रारा संग दाङलाई जोडर जिल्लाको विकास गर्ने वताउनुभयो


भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेर माओबादीकै प्रतिकुलतामा राजधानी बन्ने वताउनु भएको छ । राजधानी बनाउन भु उपयोगिताका हिसावले यो जिल्ला अत्यन्तै सुगमता रहेको वताउँदै नेता पोखरेलले दाङको संमृद्धीका लागि दुबै पाटीले एउटै घोषणा पत्र मार्फत अगाडी बढेको वताउनुभयो । समान विचार राख्ने पार्टीहरु एउटै हुन आबश्यकता रहेको वताउँदै नेता पोखरेलले त्यसका लागि गठबन्धनको टोलीलार्य मतदान गर्न आग्र गर्नुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्