टेकबहादुर पुन,लमही । दाङ्गको लमहीमा स्कुल बसको ठक्कर बाट एक बालिकाको मृत्यु भएको छ । रा १ ख १०२८ नम्बरको स्कुल बसले शुक्रबार दिउँसो करिब पौने ४ बजे देउपुर रोडमा ठक्कर दिँदा १८ महिने एक बालिकाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा लमही नगरपालिका ६ देउपुर निवासी छोटु मुसलमानका १८ महिनाका छोरा सफिना खातुन रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । ठक्कर दिने बस लमही स्थित गोरखा मोडल सेकेण्डरी स्कुलको रहेको प्रहरीले जनाएको छ ।
विद्यार्थी छोड्न आएको स्कुल भ्यानले खेल्दै गरेका खातुनलाई ठक्कर दिएको हो । गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।