मतदाता यसरी सम्झिन्छन् अपारलाई



दिपक बोहरा, तुलसीपुर२५, कात्तिक ।
तुलसीपुर १३ दमारगाउँका ८३ बर्षीय बृद्ध भद्रबिर पल्लिले बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जगप्रशाद शर्मा ‘अपार’ को नाम रेडियोबाट सुन्दा निकै खुसी भए । २०६७ सालमा पार्टीको कामका लागि अपावगठर त्यहाँ पुगेको बेला ती बृद्ध पल्लिले राम्रो संग चिनेका थिए । २०६७ साल यता उनीसंग भेटहुने संजोक जुटेको थिएन् ।

बिगत ७ बर्ष पछि तीनै ब्यक्ति उम्मेदवार बनेको सुन्दा निकै उत्साहित भएको उनले बताए । ‘ उहाँबाबु निकै सरल, कुसल स्वभाबको हुनुहुन्थ्यो’ उनले भने ‘ उहाँ जस्तो मान्छेलाई हामीले प्रतिनिधि बनाउन पाउदा मलाई निकै खुसी लागेको छ ।’ उनकै गाउमा चुनाबी प्रचारका क्रममा पुग्दा भेटहुने संजोग जुट्यो ।

आफुले ७ बर्ष अघि भेट्दा अपारले पार्टीको नेतृत्व तहमा रह्दा पाएका दुःख, पीडा सुनाउदा धुरुक्क रोएको सम्झे । बिगतलाई यति कोट्याई रह्दा उनका गहभरी आँसु देखिन्थे ।

‘म तपाईहरु जस्तै आम नेपालीको अधिकार स्थापित बनाउन र देशलाई परिबर्तन गर्न आफ्नो ज्यान हत्केलामा राखेर लडिरहेको छु ’ अपारले भनेको यो कुरा उनले अझै बिर्सेका रहनेछन् । अपारको यो कुरा उनको निकै मनोबल बढेको थियो । अपार जस्तै सकारात्मक सोँच भएका ब्यक्ति नेतृत्व तहमा पुगेमा देशले कोल्टो फेर्ने उनले बताए ।

उनले भने ‘हामी जस्ता गरिब, दुःखीलाई उहाँ बाबु जस्ता मान्छे माथि पुगेपछि सजिलो हुने थियो । त्यस्तै तुलसीपुर १८ बिजौरीका कलिराम चौधरीले पनि २०६९ सालमा अपारलाई राम्रो संग चिन्ने मौका पाए । अहिले उम्मेदवार भएको सुन्दा उनमा उत्साह जाग्यो । पल्ली र चौधरीमात्रै होईन्, अहिले दाङका हरेक ब्यक्तिको चासोका बिषय बनेका छन्, अपार ।

दाङ क्षेत्र नं. ३ को १ बाट उम्मेदवार बनेका अपार युद्धकालमा धेरै दुःख,कष्ठ भोगेका , पार्टी भित्र सबै भन्दा बढि त्यागी नेताका रुपमा परिचित छन् । अर्को तर्फ उनी युद्धका पहिलो घाईतेका रुपमा पनि परिचित छन् । उनी पार्टीभित्र सफल ब्यक्ति र कुसल संगठक भएकाले उनलाई नेतृत्वका लागि कहिले पुर्बी नेपाल त कहिले पश्चिम नेपाल खटाईयो ।

राम्रो भिजन र कार्यसम्पादन गर्न सक्ने क्षमता भएका उनी पार्टी भित्र एक बिश्वासिलो नेताका रुपमा परिचित छन् । ३० बर्ष लामो संघर्ष गरेका उनले पार्टीबाट पहिलो पटक उम्मेदवार बन्ने अबशर पाएका छन्, त्यो पनि उनको क्षमता, भिजन र कार्यसम्पादनको आधारमा । थोरै बोल्ने धेरै काम गर्ने नेताका रुपमा आममतदाताले पनि चिन्ने गरेका छन् । जसले गर्दा उनी प्रति मतदाता पनि निकै आर्कषित बन्ने गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्