दाङमा आज देखी मतदाता शिक्षा सुरु



गिरिराज नेपाली
दाङ , २५ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा आज शनिवार देखी मतदाता शिक्षा कार्यक्रम सुरु हुदैछ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लाका १० स्थानिय तह मध्ये एक नगरपालिका र सात गाउँपालिकामा आज देखी मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागिएका जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत बिजय कुमार कार्कीले जानकारी दिनुभयो ।

निर्वाचन मतदाता शिक्षाका लागि जिल्लाभर तीन सय ९४ जना मतदाता शिक्षक परिचालन गरिने छ । भने घोराही र तुलसीपुर उपमहानगरपालिकामा भोली आईतवार २६ गते देखी मतदाता शिक्षा सुरु गरिने छ । निर्वाचन मतदाता शिक्षाका तयारी पुरा गरी आजैवाट गाउँगाउँमा मतदाता शिक्षा परिचालन गरिन लागेको कार्कीले बताउनुभयो । महिला स्वास्थ्य स्वयम सेविका, सामाजिक परिचालक र सामुदायिक विद्यालयका शिक्षकहरु लाई परिचालनन गरिने छ । मतदाता शिक्षा सामाग्रीको अभावका कारण ‘नमुना मतपत्र’ गत १५ गते नै सुरु गर्ने भनिएको मतदाता शिक्षा कार्यक्रम हप्ता दिन ढिलाई हुन गएको कार्कीले जानकारी दिनुभयो ।

मतदाता शिक्षाका लागि थोरै समय
आज देखी सुरु हुन लागिरहेको मतदाता शिक्षा कार्यक्रमका लागि समय अपुग रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि करिव एक महिना मात्रै वाँकी रहेकाले मतदाता शिक्षाका लागि समय अपुग रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो । मतदाता शिक्षाका लागि २५÷२६ दिन मात्रै वाँकी रहेकाले सवैले मतदाता शिक्षा लाई सजिलो र मतदातामुखी बनाउन आग्रह गर्नुभयो ।

छोटो समयमा छरितो काम गर्नुपर्ने भएकाले मतदाता शिक्षकहरु लाई प्रत्येक मतदाताहरु घरघरमा पुगि मतदाता शिक्षा वारे जानकारी गराउन आग्रह गर्नुभयो । शहरमा भन्दा पनि मतदाता शिक्षा कार्यक्रममा गाँउमा आवश्यक रहेको पनि उहाँले बताउनुभयो । स्थानिय तहको मतद परिणामलाई हेर्दा अधिकाश गाउँका मतदाताहरुको मतबदर भएकाले गाँउमुखी मतदाता शिक्षा गराउने बताउनुभयो

गाँउमुखी मतादता शिक्षा
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शिक्षा कार्यक्रम शहरमुखी भन्दा पनि गाउँमुखी हुने भएको छ । शिक्षा अभावका कारण ग्रामिण भेगका मतदाताहरु मतदान बदर गरेकाले आगामी निर्वाचनमा मत बदर सख्या घटाउने उद्देश्यले गाउँमुखी मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत रावलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आगामी निर्वाचनमा बदर मत सख्या घटाउने प्रयास मतदाता शिक्षा कार्यक्रमको रहेको छ । ’ गाउँमा मात्रै मतदाता शिक्षा कार्यक्रम हुने शहरमा नहुने भन्ने होईन । तर विशेष प्राथामिक्तामा ग्रामिण , विपन्न वस्ती , विकट क्षेत्र , अशिक्षित समुदाय लाई मतदाता शिक्षा कार्यक्रमले प्रातथामिक्ता दिने बताउनुभयो ।

सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणाम अनुसार जिल्लामा कुल मतदान मध्ये ३.१६ प्रतिशत मत बदर भएको थियो । जिल्लाको जम्मा मतदाता संख्या दुई लाख, ९१ हजार, एक सय ७२ मतदाता मध्ये दुइ लाख, १६ हजार दुई सय ६९ अर्थात ‘७४.५२’ प्रतिशत मत खसेको थियो । जसमा ६ हजार, ३ सय ३७ अर्थात ‘३.१६ प्रतिशत मत बदर भएको थियो ।

सुचनामैत्री निर्वाचन
आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लाई सञ्चारमैत्री बनाई मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो । मतदान स्थल, मतगणना प्रक्रिया र परिणाम प्रत्यक्ष मतदाताले थाहा पाउने गरी निर्वाचन प्रणालीको व्यावस्था मिलाईने बताउनुभयो । सञ्चारकर्मिहरुले निर्वाहत सुचना सम्प्रेषणका लागि पत्रकारमैत्री निर्वाचन स्थल बनाईने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्