पूर्वी रुकुमबाट दाङ झरेका भेडा मर्न थाले पछि वडा सदस्य जंग रोका फिल्डमा



सैघा, दाङ । हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्रायजसो हिउँ पर्ने भएकाले त्यहाँका पशुपालक कृषकले चिसो छल्न भन्दै दाङको घोराही उपमहानगरपालिका वडा नं १९ पाँचपोखरीमा ल्याइएका भेडा बाख्राहरु एक्कसी मर्न थाले पछि भेडापालक कृषकहरु चिन्तित बनेका छन । अहिले सम्म २०० भन्दा बढि भेडा मरेको भेडा पालक कृषकहरुको भनाई छ ।

अज्ञात रोगका कारण भेडा मर्न थाले पछि उक्त ठाउँमा जनप्रतिनिधिको कमाण्डमा जनप्रतिनिधि सहित जिप्रकाको टोली पुगेको छ । “एकाएक भेडा मर्न थालेको खबर पाए पछि जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयको टिमसँगै जनप्रतिनिधि आएका हौ” वडा सदस्य जंग रोकाले भन्नुभयो । उहाँले “हाल यो कुन रोग हो भनेर हामी भन्न सक्ने अवस्थामा छैनौँ, ल्याबमा रिपोर्ट पठाइसकेको” बताउनुभयो । “कृषकलाई केहि राहत मिल्छ भनेर अहिले मुचुल्का उठाइएको छ” वडा सदस्य रोकाले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्