मोटोपन र क्यान्सर जस्ता रोगबाट बच्न खानुहोस् पनिर, हुन्छन् यस्ता फाइदाहरु



काठमाडौँ – पनिरलाई स्वादिष्ट परिकारको रुपमा चिनिन्छ । खाँदा निकै मिठो हुने पनिर दुधबाट बन्ने गर्छ । पनिर घरमा शाकाहारी पाहुना आउदा पनि पकाएर खुवाउन सजिलो हुन्छ । धेरैले रुचाउने गरेको पनिर खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका विभिन्न पोषक तत्वहरु पाइने पनिरले धेरै रोगहरुबाट बचाउछ ।

१०० ग्राम पनिरमा १८ ग्राम प्रोटिन हुने हुनाले यसको सेबनले हाम्रो शरिरलाई धेरै फाइदा गर्छ । एक अध्ययनले पनिर खानाले क्यान्सरको खतरालाई पनि कम गर्छ । क्याल्सियम र भिटामिन डी पाइने पनिरको सेबनले ब्रेस्ट क्यान्सरबाट पनि बचाउछ । पनिरको सेबनले शरिरमा उर्जा दिन्छ । यसको सेबनले शरिरको पाँचन प्रणाली पनि राम्रो बनाउछ । यसको सेबन गर्भवती महिलाका लागि निकै उपयोगी मानिन्छ । यसले तौल घटाउन पनि सहयोग गर्छ । यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा हुने क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी बलियो बनाउन मद्दत गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्