सहकारी विकास नै समृद्धिको आधार



गिरिराज नेपाली
दाङ,२५ कार्तिक । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले सहकारीको विकास नै मुलुक समृद्ध र सक्षम बन्न सक्ने बताउनुभएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको ९ औ अधिवेशन तथा १६ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका देवकोटाले यस्तो बताउनुभएको हो ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड दाङका अध्यक्ष गणेश दाहालको अध्यक्षता एव नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका उपप्रधानमन्त्री कृष्ण वहादुर महरा र नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि देवकोटाले सहकारी विकासको अबधारणाले मुलुकका अर्थतन्त्र टेवा पु¥याउने र नागरिकको जीवनस्तर लाई बदल्दै स्थानिय स्तरमा साझाकार्य , लगानी, र समृद्धि मुहार फेर्न सक्ने उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एंव नेपाल सरकारका उपप्रधान मन्त्री कृष्ण वहादुर महराले समृद्ध नेपालका लागि सहकारी र वित्तिय क्षेत्रको स्थापना अति आवश्यक रहेको बताउनुभएको थियो । साना पुँजी संकलन गरी ठुलो उत्पादनशिल लगानीमा फेर्न सक्ने काम सहकारीले मात्रै गर्न सक्ने औल्याउदै उहाँले भन्नुभयो– ‘सहकारीको विकास नै मुलुक समृद्धिको आधार हो । ’सहकारीले व्यक्ति समाज र राष्ट्रलाई समृद्ध र आर्थिक रुपान्तरको संकल्प लिएको हुन्छ ।
मुलुक समृद्धिको दिशातिर उन्मुख भईरहेकाले अबको २० वर्षमा नेपालको आर्थिक स्तर मजबुृत बन्ने बताउनुभयो । नेपालको परनिर्भरताको अर्थतन्त्र राजस्व संकलनले भरमा चल्दै आईरहेकाले अब उत्पादनशिल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । राजनितिक संक्रमण संगै मुलुकको आर्थिक स्तरदरको पनि संक्रमणकालिन अवस्थामा गुज्रदै आइरहेकाले अब त्यो अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । ‘अबको विकास आर्थिक निकास’ रहेकाले मुलुक अब राजनितिक स्थायित्व संगै आर्थिक समृद्धि लाई पर्खेर बसेको छ । त्यो अब चाँडै पुरा हुदैछ । मुलुक नयाँ समृद्धिको वाटो पहिल्याउने छ ।

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एंव पुर्व सञ्चारमन्त्री शंकर पोख्रेलले मुलुकको विकास व्यापारिक पुँजी नभइ उत्पादनशिल पुँजीको विकास गर्नुपर्ने बताउनुभयो छ । मुलुक विकासका लागि अव औद्योगिक क्रान्ती आवश्यक रहेको बताउनुभयो ।

औद्यौगिक क्षेत्रको विकास हुन नसक्दा मुलुक आर्थिक निर्यात दर वर्षेनी वृद्धि हुदै गईरहेकाले सहकारी साझा क्षेत्रवाट वाटै औद्योगिक विकासको अवधारणा स्थापना गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा राष्ट्रसेवक सहकारी संस्थाका सल्लाहाकार खिम वहादुर डाँगी, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन प्युठानका अध्यष मणि गुरुङ , नेपाल पत्रकार महासंघका दाङका अध्यक्ष सविन प्रियासन, राप्तीपोष्ट दैनिक सम्पादक शरद अधिकारी र गिरिराज लामिछाने लगाएतकाले भनाई राखेका राख्नु भएको थियो । उक्त कार्यक्रमको अवसमार संस्थाले पुर्व अध्यक्षहरु लाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पुर्व अध्यक्ष गिरिराज लामिछाने, मुकुन्दप्रसाद भट्टराई, मधुसुदन लगाएतका लाई सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्