मोवाईल तथा ईलेक्टिकको साधारण सभा



गोविन्द खड्का
दाङ, २५ कार्तीक
मोवाईल तथा ईलेक्टिक व्यवसायी संघको दोश्रो साधारण सभा शनिवार पाण्डवेश्वरी मन्दिर धारपानीमा सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक पाण्डेको अध्यक्षचा एवं दाङ जिल्ला उद्योगवाणिज्य संघका अध्यक्ष नारायण भुषालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा जलेर नष्ट भएको ईलेक्टि पसललाई रहत स्वरुप २९ हजार सात सय ९५ रुपैया सहयोग गरएिको थियो । कार्यक्रममा अध्यक्ष पाण्डेयले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शरद केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दिनेश गौतम, पाण्डवेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्य, दाङ जिलल उद्योग वाणिज्य संघका सदस्य धनपती शर्मा, नारयाण्पुर उद्योगवाणिज्य संघका निमकुमार चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहजीकरण सचिव शेषनारायण शर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्