शासन विधिकै हुनुपर्छ ः प्रधानन्यायधिस



 

सैघाली खबर
दाङ, २५ कार्तिक
सर्वाेच्च अदालतमा प्रधानन्यायाधिस गोपालप्रसाद पराजुलीले शासन विधि विधान वाट चल्नु पर्ने बताउनु भएको छ । दाङ देउखुरी जिल्ला अदालतको भवन शिलन्यास पछि आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधिस पराजुलीले विधिको शासन मुलक समृद्धि बन्न सक्ने बताउनुभएको छ । न्यायलय लाई कमजोर बनाउने गरी पछिल्लो समय केही कामहरु भएकाले त्यो विधिको शासन भित्र नरहेको उहाँलको स्पष्टोक्ती रहेको छ । 

नागरिकहरुको माग भनेकै ढुक्क सँग न्याय र अधिकार पाउने भएकाले स्वतन्त्र न्यायालय अहिलेको आबस्यकता भएको बताउनुभयो । प्रधानन्यायाधिस पराजुलिले न्यायमा पहुँच बढे मात्रै स्वतन्त्र न्यायपालिका बलियो सँग उभिन सक्ने धारणा राख्नुभयो ।

अन्य क्षेत्र भन्दा न्यायालयको काम र प्रगति अघि रहेको भन्दै उहाँले तर त्यसमा हिलो छ्याप्ने कोशिस हुने गरेको बताउनुभयो । कार्यक्रममा न्याय परिषद्का सदस्य पदम बैद्धिक, सर्बोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुबेदी, जिल्ला समन्वय समितिका प्रमुख जितिन्द्रमान नेपाली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, बरिष्ठ अधिबक्ता भानुभक्त धिताल, नागरिक समाजका संयोजक टिकाराम रेग्मी, बारका अध्यक्ष प्रदिपकुमार गौतमल लगाएतले न्याय क्षेत्रलाई कसैको पनि प्रभाबमा पार्न नहुने बताउनुभयो ।

न्यायपालिका माथी हुने हस्तक्षेप विधिको शासन बिरुद्ध हुने बक्ताहरुको भनाई छ । विधिको शासनको सहि कार्यान्वयनले मात्रै लोकतन्त्र र न्यायले मूर्तरुप पाउनमा बक्ताहरुले जोड दिएका छन् ।

कार्यक्रममा प्रधानन्यायाधिसलाई भ्यालीटप स्कुलका बिद्यार्थीहरुले थारु गित र नृत्यबाट स्वागत गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला न्यायाधिस हेमन्त रावलले गर्नुभएको थियो । अबको दुई बर्षमा १८ करोड ८६ लाख रुपैयाँमा ६ तले सुबिधायुक्त भवन बन्ने अदालतले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्