सैघाली खबर
दाङ,२५ कार्तिक । सुर्य– विनायक मावि देउखुरी नर्तिमा कार्यरत शिक्षक रामा चौधरीलाई विद्यालय व्यावस्थापन समितिले विना कारण पद निस्कासन गरिएको आपत्ति जनाएको छ ।
नेपाल शिक्षक संगठन जिल्ला कार्य समिति दाङले शनिवार एक विज्ञप्ती जारी गर्दै शिक्षक चौधरी विद्यालय व्यावस्थापन समितिले मनोमानी रुपमा कुनै कारण नखुलाई अवकास दिएको आपत्ती जनाउदै पुनःपदवहालीको माग गरिएको छ ।
गत असोज ७ गते समितिको वैठकले निर्णय गरी पदच्युत गरेको थियो । समितिका अध्यक्ष डिल्लीराज डिसीको द्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लखे गरिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।