उम्मेद्वारीमा पुर्नविचार गर्न दलित नेताहरु द्वारा आग्रह



जेष्ठ १८ , दाङ । नेपाली काँग्रेस दाङका क्रियाशिल जिल्ला तहका दलित नेताहरुले पार्टीले उम्मेद्वारी छनौट र टिकट वितरणमा दलित नेताहरु लाई विभेद गरेको आरोप लगाउदै उम्मेद्वारी छनौट माथि पुर्नविचार गर्न पार्टी लाई आग्रह गरेका छन । विहिवार घोराहीमा सम्पन्न नेपाल दलित संघ दाङका जिल्ला शिर्षतहका नेताहरुको भेलाले पार्टीको टिकट वितरण तथा उम्मेद्वारी छनौटमा दलित नेताहरु लाई पाका लगाएको आरोप लगाउदै छनौट गरिएको उम्मेद्वारी माथि पुर्नविचार गर्नु पर्ने माग गरेका छन ।

IMG_1415

नेपाल दलित संघ दाङका सस्थापक नेता खड्ग वहादुर विश्वकर्माको अध्यक्ष्तामा सम्पन्न भेलाले आफुहरु लाई पार्टीले कुनै शिर्ष नेतृत्व तहको भुमिका नदिएको गुनासो गर्दै पार्टी प्रति तिव्र असन्तुष्टी व्यक्त गरेका छन । राज्यले निर्धारण गरेको प्रत्येक वडामा एक जना दलित महिलाको समान सहभागिताको समावेशिता वाहेक अन्य नेतृत्वतहको कुनै जिम्मेवारी नदिएको आरोप छ । जिल्लाका १० स्थानिय तहका १ सय वडाहरु मध्ये कुनै पनि वडा अध्यक्ष सम्मको नेतृत्व आफुहरु लाइृ नदिएको गुनासो गरेका छन । साथै उनीहरुले उप–महानगरपालिका र गाँउपालिकाहरुको प्रमुख वा उप प्रमुखमा कुनै जिम्मेवारी नदिएको नेपाल दलित संघका केन्द्रिय सदस्य र पुर्व सभाषद विमला नेपालीले गुनासो गरे । उनीहरुले दलित समुदाय अझै सामाजिक जातिय उत्पीडनको शिकार परीरहेका अवस्थामा दलितहरु लाई पार्टीले विभेद गरेको अनुभुती गरेको द्वय नेताहरुको भनाई छ ।
नेपाली काँग्रेस दाङका क्रियाशिल दलित नेताहरु लाई पार्टीले टिकक वितरण तथा उम्मेद्वारी छनौटमा विभेद गरेको आरोप लगाउदै पुन्ः उम्मेद्वारी छनौट र टिकट वितरण माथि पुर्नविचार गरी दलित समुदाय माथि न्यायोचित व्यावहार गर्न आग्रह गरे । साथै भेलामा दलित संघ दाङका नेताहरु दलितहरुले काँग्रेसको निति ,विधि र सिद्धान्त लाई आत्मसाथ गर्दै पार्टीको विकास र सुदृढिकरणका लागि विगत देखी नै काम गर्दै आईरहे पनि पार्टीले आफुहरु लाई जातिय रुपमै टिकट वितरणमा विभेद गरेको गुनासो गरेका थिए । साथै सम्पन्न भेलाले नेपालकी काँग्रेस दाङ लाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र वुझाउने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्