उमेद्वारप्रति लक्षित शक्तिशालि माइन बम विस्फोट



रेशम बि.क.

रोल्पा,२६ कार्तिक


वाम गठबन्धनका साझा प्रतिनिधी सभाका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’ लगायतका उमेद्वार चढेको गाडी लक्षित शक्तिशाली माइन बम ‘एम्बुस’ माडी गाउँपालिका–१ ओत भिताबाङमा शनिबार विस्फोट भएको छ ।
सो एम्बुसबाट मानवीय क्षति नभइको गाडीमा सामान्य क्षती भएको छ ।

नेता पुन सुकिदह गाउँपालिका– जिनाबाङ स्थित सुकओदारमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गरी शनिबार दुईखोली गाउँपालिका–२ वडापवालिका राङ्सी स्थित राङ्सी पोखरामा आयोजित चुनावी सभालाई आयोजित चुनावी सभालाई सम्बोधन गर्न फर्किने क्रममा सोही स्थानमा आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई प्रथामिकिता दिँदै वाम गठबन्धनका साझा प्रतिनिधी सभा प्रत्यक्ष उमेद्वार तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’लगायत निर्वाचन प्रचारमा रहेका उम्मेदवारहरुलाई लक्षित गरी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले शक्तिशाली माईन विस्फोट गराएका छन् ।

ओत र घर्तिगाउँको बीचमा पर्ने भिताबाङ भन्ने ठाउँमा सडकमा एम्बुस थापेर नेकपाका कार्यकर्ताले विस्फोट गराएका हुन् । शनिबार बिहान १०ः३५ बजे भएको विस्फोटमा परी अनन्त सवार गाडि र सुरक्षाका लागि स्कटिङमा रहेको गाडिमा क्षति पुगेको छ । नेता अनन्त सवार गाडि र स्कर्टङ गाडिको बीचमा शक्तिशाली माईन विस्फोट भएको थियो । उहाँ चढेको गाडि भन्दा दुई मिटर अगाडी माइन विस्फोट भएको सडकमा ठूलो खाल्डो पारेको छ ।

चुनावी अभियायनमा नेता अनन्तसँगै प्रदेश सभा सदस्य उम्मेदवार दिपेन्द्र कुमार पुन ‘सिजल’ पनि थिए । साथै नेकपा (माओवादी केन्द्र) की प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार जयपुरी घर्ती, एमालेका पोलिट व्यूरो सदस्य तथा रोल्पा जिल्ला निर्वाचन परिचालन समिति संयोजक गोकुल घर्तीलगायत चढेको गाडिमा भने कुनै क्षति पुगेको छैन ।

नेता अन्नतले भन्नुभयो–‘यो विस्फोटले हाम्रो अभियान रोकिदैन ।’ वाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा रोल्पाबाट उम्मेदवार दिएर प्रचार अभियानमा रहेका अनन्तले आफूहरुको हत्याको योजनासहित बम विस्फोट गराईए पनि आफ्नो निर्वाचन प्रचार अभियान नरोकिने उहाँले बताउनुभयो । उम्मेदवारहरुको सुरक्षामा गम्भीर ध्यान दिन उहाँले सरकारलाई अनुरोध गर्नुभयो । सो अपराधिक घट्ना प्रति उम्मेद्वार पुनले घोर भ्रत्सना व्यक्त गर्नुभयो । उहाँले दुईखोली गाउँपालिका–२ वडापालिका राङ्सी पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्