आचारसंहितमा कडाई गर्दै निर्वाचन आयोग



सैघाली खबर
काठमाडौं,२६ कार्तिक


निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारमा संयमता नअपनाउने उम्मेदवार विरुद्ध कारवाही गर्ने दाबी गरेको छ । पटक, पटक, निर्वाचन आचारसंहितामा संयमता अपनाउन आग्रह गर्दा पनि नमानेको भन्दै आयोगले आचारसंहिता उल्लङघन गर्ने नेताहरु संग स्पष्टिकरण माग गरेको छ । आयोगले पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवसंग आचारसंहिता उल्लङघन गरेको भन्दै स्पष्टिकरण सोधेको छ ।

देबले सरकारी गाडीको प्रयोग गरि सप्तरीको एउटा सार्वजनिक विद्यालयमा आयोजना गरिएको काग्रेसको चुनाबी सभामा सहभागि भएको भन्दै आयोगले मन्त्री देबलाई २४ घण्टे लिखित स्पष्टिकरण दिन आग्रह गरेको हो । मन्त्री देवले आज स्पष्टिकरण दिने तयारी गर्नु भएको छ । यस्तै आयोगले नेपाली काँग्रेस, सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी जिल्लाको क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवसंग पनि आचारसंहिता उल्लङघन भएको भन्दै स्पष्टिकरण सोधेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्