मुख्य समाचार

नारायणगढ मुग्लिन सडकखण्ड आज बन्द नहुने

By थाहा अनलाइन

November 12, 2017

सैघाली खबर काठमाडौं,२६ कार्तिक

आज बाट बाटो बन्द गरी सडक निर्माणको कामलाई तिव्रता दिने भनिएको भनिएको नारायणगढ मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । हिजो दिनभरी रोकिएका सवारी साधानलाई गनतव्य तर्फ जान दिनको लागि तालिका अनुसार बाटो बन्द नहुने भएको हो । सडकखण्ड अन्र्तगत सेतीदोभानमा चट्टान फोर्ने क्रममा हिजो विहान १० बजेदेखि राती ९ बजेसम्म बाटो अवरुद्ध भएको थियो ।

सवारी साधानको चाप घटेपछि सडक बन्द गर्ने विषयमा छलफल हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक संतोष पन्तले जानकारी दिनुभयो । सडक मर्मतको कामलाई तिव्रता दिने भन्दै आजबाटै विहान ७ बजेदेखी साढे ८ साढे, ११ देखि १२, दिउँसो १ देखी २ र ३ देखि ४ बजेसम्म बाटो बन्द गर्ने तालिका रहेको थियो । भोलीबाट तालिका अनुसारनै काम हुने उहाँले जानकारी दिनुभयो ।

नारायणगढ मुग्लिन सडकखण्डको काम अहिले सम्म ५९ प्रतिशत सम्पन्न भएको छ । आगामी चैत्र सम्ममा सक्ने गरी काम भइरहेको नारायणगढ मुग्लिन सडकखण्ड आयोजनाका इन्जिनियर सिव खनालले जानकारी दिनुभयो ।