नेविसंघको नेतृत्वमा जनकल्याण मावि बाच्छामा वक्तृत्वकला कार्यक्रम सम्पन्न



अमृत भट्टराई, पर्वत । नेपाल विद्यार्थी संघ बिहादी गाउँपालिका को आर्थिक सहयोग र जनकल्याण मावि बिहादी १ बाच्छा नेविसंघ इकाई समितिको सहकार्यमा राष्ट्र निर्माणका लागि विद्यार्थीको भुमिका भन्ने शिर्षकमा वक्तृत्व कला कार्यक्रम सम्पन्न ।

नेविसंघ इकाई कमिटी जनकल्याण माविका सभापति शिवम् नेपालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बिहादी गाउँपालिका १ का बाच्छाका वडा सदस्य कुमार गुरुङ , बिहादी गाउँपालिका १ का बाच्छाका नेपाली काँग्रेस का पार्टी सभापति सेवकनाथ आचार्य , नेविसंघ बिहादी गाउँपालिका का सचिव अमृत भट्टराई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद आचार्य , विद्यालयका प्रधानअध्यापक राजेन्द्र प्रसाद आचार्य , नेपाल तरुण बिहादीका उप अध्यक्ष पदम कुवर क्षेत्री (अमित) स्थानीय वासी लगायतको उपस्थिति रहेको कार्यक्रममा नेविसंघ जनकल्याण मावि कि सहसचिव आसिका कडेलले गर्नुभएको थियो भने कार्यक्रममा बोल्दै नेविसंघ विहादीका सचिव भट्टराईले भन्नू भयो विद्यार्थीका लागि नेविसंघले सधै नयाँ नयाँ कार्यक्रम ल्याउने बताउनुभयो। विद्यार्थीलाई भाषण मात्र नभइ विभिन्न ज्ञान मुलुक कार्यक्रम ल्याउन पाटीले सहयोग गर्ने पार्टी सभापति आचार्यले जानकारी दिए ।

कार्यक्रममा जनकल्याण माविका प्रधानअध्यापक राजेन्द्र प्रसाद आचार्यले शुभकामना दिनुभएको थियो । वक्तृत्व कला कार्यक्रममा १५ जनाको सहभागिता रहेका थिए जसमा सागर खड्का प्रथम , सन्दिया खड्का दोस्रो , अन्जना आचार्य तेस्रो र अस्मिता क्षेत्री सान्त्वना हुनुभएको थियो । कार्यक्रमको सञ्चालन नेविसंघ जनकल्याण मावि कि सचिव विस्नु क्षेत्री र सहसचिव सन्दिया विशोकर्म ले सञ्चालन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्