मुख्य समाचार

कैलालीमा बिहान बस दुर्घटना २७ जना घाइते

By थाहा अनलाइन

November 12, 2017

सैघाली खबर काठमाडौं,२६ कार्तिक

कैलालीमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका हुन् ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । पाँचजनालाई उपचारका लागि बसमा अत्तरियास्थित पद्मा अस्पताल पठाइएको छ भने गम्भीर घाइतेका लागि एम्बुलेन्सबाट लगिएको छ ।

यसैबीच प्युठानमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो ।