निजि क्षेत्र राज्यको करदाताको अशियार मात्रै होईन



जेष्ठ १८ , दाङ । नेपाल उद्योग वाणिज्य संघ अन्र्तगत प्रदेश उद्योग वाणिज्य महासंघका प्रदेश न. ५ नवनिर्वाचित प्रदेश उपाध्यक्ष हेमराज वन्जाडेले निजि क्षेत्र राज्यका करदाता मात्रै अधिकार उपभोगका अशियार पनि रहेको वताउनु भएको वताउनु भएको छ ।

IMG_0994
राप्ती अञ्चल डेलीभरी सेवा वितरक संघ दाङले विहिवार घोराहीमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा वोल्दै नवनिर्वाचित प्रदेश उपाध्यक्ष एंव दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वन्जाडेले राज्यले निजि क्षेत्र लाई विभेदकारी निति अवलम्वन गरी अधिकार वाट वञ्चित गरेको आरोप लगाउदै निजि क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पनि लगाउनु पर्ने वताउनुभयो । उहाँले राज्यको साँधुरो नितिका कारण निजि क्षेत्र करदाताका रुपमा मात्रै सिमित भएकाले राज्यको निति लाई फराकिलो वनाई निजि क्षेत्रको विकास गर्न आग्रह गर्नु भयो । मुलुकको ५० प्रतिशत आर्थिक समृद्धिका लागि लगानी गरेको राज्यको संरक्षण निजि क्षेत्रका लागि नितान्त आवश्यक रहेको वताउनु भयो ।
राप्ती अञ्चल सेवा वितरक संघका अध्यक्ष ध्रुवराज श्रेष्ठ ‘भारी’ को अध्यक्षता एंव नव निर्वाचित प्रदेश उद्योग वाणिज्य महासंघका प्रदेश न. ५ का उपाध्यक्ष हेमराज वन्जाडेको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वन्जाडेको प्रम्ुख आतिथ्यताका कार्यक्तम सम्पन्न भएको थियो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य सघंका उपाध्यक्ष नारायण प्रसाद भुषालले पनि नव निर्वाचित प्रदेश उद्योग वाणिज्य महासंघका प्रदेश न. ५का उपाध्यक्ष वन्जाडे लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सेवा वितरक संघका सदस्य नारायण राणा क्षेत्रीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण गुरु प्रसाद कडेलले गर्नुभएको थियो ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि नव निर्वाचित प्रदेश उद्योग वाणिज्य महासंघका प्रदेश न. ५ का उपाध्यक्ष एंव दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लाई स्वागत सम्मान गरेको छ । संघका उपाध्यक्ष नारायण प्रसाद भुषालको अध्यक्षता एंव प्रदेश उद्योग वाणिज्य महासंघका प्रदेश न. ५ का उपाध्यक्ष हेमराज वन्जाडेको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो । संघका सचिव शुशिल प्रकाश आचार्यको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दिपक सुवेदीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्