मुख्य समाचार

बलियो कम्युनिष्ट पार्टी बनाउन बाम गठबन्धनः महरा

By थाहा अनलाइन

November 12, 2017

पहाडी गाउँमा गठबन्धनको चुनावी सभा

दाङ , २६ कार्तिक । प्रतिनिधी र प्रदेश सभा निर्वानलाई मध्यनजर गर्दै संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरुले पहाडी क्षेत्रमा पनि चुनावी सभा सुरु गरेका छन् । यसै क्रममा शनिवार दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ५ मुर्कुटीमा विशाल सभा सम्पन्न गरेका छन् । नेपाल सरकारका उपप्रधानमन्त्रि एवं प्रतिनिधी सभा क्षेत्र नम्वर २ का उम्मेद्वार कृष्णबहादुर महराले देशमा एउटा बलियो कम्युष्टि पार्टीको स्थापनाका लागि दुई पार्टीले चुनावी तालमेलमा आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसमा कुनै संका नगर्न आनुरोध गर्दछु ।’ महराले दाङलाई प्रादेशिक राजधानी र विकासको एउटा केन्द्र को रुपमा स्थानपना गर्ने आफुहरुको योजना रहेको भन्दै सबैलाई साथदीन अपिल समेत गर्नु भयो ।सभालाई सम्बोधन गर्दै क्षेत्रनम्वर २ एक ‘क’ का उम्म्ेद्वार संकर पोख्रेलले ग्रामीण भेगका जनताको जीवन स्थर परिवर्तन र समाज परिवर्तन गर्नका लागि वाम गठबन्धनले काम गर्ने बताउनु भयो । उहाँले चुनाव जित्नका लागि मात्र माओबादी र एमालेले गठबन्धन नगरेको भन्दै भविष्यमा एउटा वलियो कम्युनिष्ट पार्टी निर्माण गरेर जनताको जीवन,समाज र सिङ्गो राष्ट्रको आमुल परिवर्तन गर्ने दावी गर्नु भयो । सभालाई सम्बोधन गर्दै जनताको रगत र पसिना बाट आएको परिवर्तनलाई संस्थागत गर्नका लागि आफुहरु एकजुट भएर आएको उहाँको भनाई छ । जनताले अहीले पनि पुर्ण अधिकार पाउन नसेको भन्दै उहाँले,‘अव जनताको अधिकारको ग्यारेन्टी राजनीतिकदलहरुले ल्याउनु पर्ने बेलाआएको छ । यो ग्यारेन्टीका लागि अहिले आफुहरु एकजुट भएका छौं ।‘

यसैबिच सोही सभामा नेपाली कांग्रस परित्यागरी एक दर्जन बढी माओबादी केन्द्रमा प्रवेश गरेका छन् । जसमा रेशमबहादुर महरा, दोर्णबहादुर महरा, डण्डीराम के.सी.,बलबहादुर महरा, रोमलाल नेपाली, गीरबहादुर बिष्ट,गोविन्द नेपाली,रण बहादुर बुढा,दामी वली,तील बहादुर वली,पदम वली,यमलाल रावत,नेमराज वली लगाएतका रहनु भएको छ । सभामा विभिन्न स्थानबाट सर्यौका संख्यामा स्थानीयवासीहरु को सहभागीता रहेको थियो ।स्थानीय लोक झाँकीहरु प्रर्दशन गरीएको थियो । भने अखिल नेपाल जनसांस्कृृतीक महासंघका कलाकार टीमले सांस्कृतीक प्रर्दशनी राखेका थिए । निर्वाचन परिचालन समितीका सयोजक लक्ष्मण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन निर्वाचन परिचालन समिती क्षेत्र नम्वर दुई एका सहसयोजक शुवास पुनले गर्नु भएको थियो ।

चुनाव परिचालन समिति गठन घोराही १३ मा बाम गठबन्धनले चुनाव परिचालन समिति गठन गरेका छन् । जसको संयोजकमा तिलक बुढा र सहसंयोजक जगत दर्लामी रहेका छन् । शनिवार बसेको एमाले र माओवादी वडा समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अन्य समिति पनि गठन गरेको छ । जसअनुसार निर्वाचन उपसमिति संयोजक घनश्याम घिमिरे, प्रचार प्रचार समितिको संयोजक केशव गिरी, यातायात समिति संयोजक डोरबहादुर घर्ती, अनुगमन समितिको संयोजक हर्क चौधरी ‘दीप’, युवा परिचालन संयोजक इराक घर्ती रहनुभएको छ ।