एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



 

सैघाली खबर,
प्युठान २६ कात्तिक । एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्