मुख्य समाचार

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

By थाहा अनलाइन

November 12, 2017

 

सैघाली खबर, प्युठान २६ कात्तिक । एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।