नारायणपुरमा सञ्चालीत महायज्ञमा ६ दिन मा करिब ४४ लाख दान संकलन , २ दिन थप



सबिता सुनार,
घोराही, २६ कार्तिक ।।
नारायपुरमा रहेको बालकल्याण आधारभूत बिद्यालय खैराको शैक्षिक स्तरोन्नतिका लागि सञ्चालन गरिएको महायज्ञमा तुला दान, जग्गा , नगद , जीन्सी, भवन निमार्ण गरि ६ दिन मा ४४ लाख बराबरका दान संकलन भएको छ ।

घोराही उपमहानगरपालिका ११ खैरा स्थित बालकल्याण आधारभूत बिद्यालयको शैक्षिक स्तरोन्नतिका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको मूल समितिका प्रचार प्रसार संयोजक लक्ष्मण सागरले जानकारी दिनुभएको छ ।

महायज्ञको पाँचौ दिन हिजो घोराही १० नारायपुरका प्रकाश केसीले १५ लाख बराबरको र , नारायणपुर चरवगियापुरका पुष्पा न्यौपानेले ६ लाख बराबरको जग्गा दान गर्नु भएको छ ।

त्यस्तै डा . गोपाल सागर डिसी र संगम मल्ल डिसीले १ लाख २५ हजार नगत दान गर्नु भएको हो । नारायणपुरकै हरीबंश दाहाल र शसस्त्र प्रशरी बल सल्यानका डि एस पी चित्राङगत दाहाल एवम दाहाल परिवारले १ लाख ५१ हजार नगत दान गर्नु भएको मूल समितिका प्रचार प्रसार संयोजक लक्ष्मण सागरले जानकारी दिनुभएको छ ।

नेपाली काग्रेश ३ नं का अध्यक्ष भुप बहादुर डाँगीले अहिलेको हकमा ५ हजार सहयोग परएको भन्दै आगामी दिनहरुमा आफु र आफ्नो पार्टिगत रुपमा विद्यालयलाई पुर्ण सहयोग गरिने प्रतिबद्धता जनाउनु भएको छ । बिशिष्ठ अतिथी संसद राजु खनालले खैराको धार्मिक , शैक्षिक उन्नती , प्रगतिको लागी आफ्नो पूर्ण प्रतिवद्धता रहने अडान राख्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्