समृद्ध मुलुकको नेतृत्व चाहान्छुः दाहाल



 

सैघाली खबर
चितवन, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको समाजवादको लागि समृद्धिबाहेक अर्को कुनै सपना नभएको बताएका छन् ।
आइतबार चितवनको मंगलपुर र फूर्तिचोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने, ुु मैले एक दशक क्रान्तिको तयारीमा लगाएँ, एक दशक जनयुद्ध र गणतन्त्रको स्थापनामा बित्यो । पछिल्लो दशक शान्ति प्रक्रिया र संविधान निर्माणमा बिताएँ । अबको दशक समृद्धको नेतृत्व गर्न चाहन्छु, अबको युग विकार र समृद्धिको हो । समाजवादको लागि समृद्धिबाहेक अब अर्को कुनै सपना छैन ।ुु

चितवन क्षेत्र नम्बर ३ का उमेदवारसमेत रहेका माओवादी अध्यक्ष दाहालले वामपन्थी शक्तिहरु मिल्दा कोही पनि आत्तिन नपर्ने जिकिरसमेत गरे ।

दाहालले अगाडि थपे, ुुवामपन्थी शक्तिहरु मिल्दा कोही पनि आत्तिनु जरुरी छैन । विचार मिल्ने भएकाले एमाले र माओवादीबीच पार्टी एकता हुँदैछ । लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर छैन । हामी लोकतन्त्रकै अभ्यासमा अघि बढिरहेका छौं । कांग्रेसका साथीहरु आत्तिनु पर्दैन । देशको समृद्धि, राजनीतिक स्थिरताका लागि भोलि कम्युनष्ट र कांग्रेसबीच पनि सहकार्य हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्