नेपाल टेलिकमका कर्मचारीलाई राजनीति नगर्न मन्त्री बाँस्कोटाको चेतावनी



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीलाई राजनीति नगर्न चेतावनी दिएका छन् ।

टेलिकमको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले कार्यालयमा बसेर हाजिर नगर्न कर्मचारीहरुलाई चेतावनी दिए ।

‘धेरै प्राविधिक र इन्जिनियरहरु विकट पहाड पुगेर टावर ठड्याउनुहुन्छ, उहाँहरुलाई धन्यवाद छ, बधाई छ,’ मन्त्री बाँस्कोटाले भने, ‘केही कर्मचारीहरु भने यहाँ कार्यालयमा बसेर राजनीति गर्नुहुन्छ । यहाँ राजनीति नगर्नुहोस, राजनीति नै गर्ने भए पार्टी कार्यालयमा जानुहोस् ।’

मन्त्री बास्कोटाले टेलिकमलाई सरकारले आफ्नै सन्तानसरह माया गरेको पनि बताए । ‘टेलिमक एक फुलवारी हो । यसलाई गोडमेल आवश्यक पर्छ,’ मन्त्री बाँस्कोटाले भने । मन्त्री बाँस्कोटाले कम्पनीलाई माया गरेपछि सबै कर्मचारीको तलब बढ्ने उल्लेख गर्दै कामप्रति बफादार हुन पनि कर्मचारीसँग आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्