एमाले दाङ द्वारा विरोध प्रर्दशन



जेष्ठ १८ , दाङ । नेकपा एमाले दाङले विहिवार घोराहीमा वृहत जनप्रर्दशन गरेको छ । चितवन भरतपुरको मतगणनाका क्रममा भएको मतपत्र च्यात्ने कार्यको कडा विरोध जनाउदै नेकपा एमाले दाङले विहिवार घोराहीमा वृहत जनप्रर्दशन गरी विरोध जनाएको हो ।

घोराहीको ट्राफिक चोक वाट सुरु भएको उक्त विरोध प्रर्दशन तुलसीपुर चोकमा आई कोण सभामा सम्पन्न भएको थियो । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले अध्यक्षता एंव नेकपा एमाले दाङका जिल्ला ईन्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यताका कोणसभा सम्पन्न भएको हो ।

कार्यक्रम लाई सम्वोधन गर्दै प्रमुख अतिथि चौधरीले भरतपुरमा भएको गैरन्यायिक कार्य जनताको मताधिकार माथि लात हान्ने काम भएको आरोप लगाउदै उक्त कार्य गर्ने व्यक्ति लाई कडा कार्वाहीको हुनुपर्ने माग गनृुभयो । साथै उक्त मतगणना कार्यलाई निरन्तरता दिन समेत दवाव दिनुभयो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर पनि हार्ने निश्चित भए पनिuml त्यो गैर न्यायिक कार्य गरेका आरोप लगाउनु भयो ।
चौधरीले कुनै पनि वहानावाजीमा मतगणना लाई रोकी सत्तारुढ दुई दलले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिदै दाङ वाट उक्त घटनाको अझै शशक्त विरोध गरिने चेतावनी दिनुभयो ।

त्यस्तै कार्यक्रममा पुर्व सभासद एंव नेकपा एमालेकी केन्द्रिय सदस्य शान्ता चौधरीले लगाएृतलmे उक्त कार्यको भ्रतसना गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव हिराचन्द्र केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्