कृर्षि

भेडामा देखियो पि.पि.आर भाइरस : एउटै चरनभुमी भएकाले स्थानीय बाख्राहरुमा पनि खोप सुरु (फोटो फिचर)

By थाहा अनलाइन

February 05, 2020

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. १ रुकुमबाट चिसो छल्नसँगै चराउनका लागि पुसको २९ गते दाङको सैघा पाँचपोखरीमा ल्याइएका भेडाहरु बाख्रा प्रजातीमा लाग्ने पि.पि.आर भाइरसका कारण २०० भन्दा बढि भेडाहरु मरे पछि उपचारमा खटिएको पशु विशिषज्ञ तथा जनप्रतिनिधिको टोलीले एउटै चरणभुमी भएका स्थानीय बाख्राहरुमा पि.पि.आर विरुद्धको खोप लगाइएको छ ।

भेडाहरु चर्ने ठाउँमा स्थानीय गाउँमा रहेका किसानहरुको चरनभुमी पनि एउटै भएकाले स्थानीय बाख्राहरुमा पनि लाग्न सक्ने भएकाले भेडामा देखिएको पि.पि.आर विरुद्ध खोपको अभियान सुरु गरिएको छ । “पशु विशेषज्ञ तथा जनप्रतिनिधिको टोलीले आज घर घरमा गएर स्थानीय किसानहरुको बाख्रालाई पि.पि.आर विरुद्धको खोप लगाइएको” वडा सदस्य जंग रोकाले बताए । उनले भने “हाम्रो यो अभियान जारी छ, आज पहिलो दिन करिब ७०० बाख्राहरुमा खोप लागाएको” रोकाले बताए ।