जानिराखौँ ‘भ्यालेन्टाइन डे’ ८ दिन के र कसरी मनाउने




अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।

कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसंग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको छ ?

पहिलो दिन (रोज डे)

फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी एक(अर्कालाई गुलाबको फुल दिएर आफ्नो प्रेम व्यक्त गर्छन् । यदि कोहि मन परेको छ र आफ्नो मनको भाव व्यक्त गर्न सकिएको छैन भने यस दिन गुलाबको फुल द्वारा आफ्नो सबै कुरा भन्न सकिन्छ । प्रेम व्यक्त गर्न रातो रंगको गुलाबको फुल दिनु पर्ने हुन्छ ।

दोश्रो दिन (प्रपोज डे)

फेब्रुअरी आठ को दिन प्रपोज डे मनाउने गर्द्छन् । यदि कुनै व्यक्तिसंग अथाह माया छ र उसलाई यो कुरा व्यक्त गर्न मन छ भने यस दिन प्रपोज गर्दा राम्रो हुन्छ । पहिला नै कसैलाई प्रपोज गरिएको छ भने वा रिलेशनशिपमा भएका जोडीहरुको लागि यो दिन रोमान्टिक डेट जाँदा हुन्छ ।

तेश्रो दिन (चकलेट डे)

पछिल्लो दुई सय वर्ष देखि चकलेट मानिसको जीवनको महत्वपुर्ण अंग बनिसकेको छ । तनाब कम गर्न र अरुलाई आफ्नो माया देखाउन वा प्रेम व्यक्त गर्न विभिन्न बहानामा चकलेट को प्रयोग हुँदै आएको छ । प्रेमको परिक्षाको तेश्रो दिन, मतलब नौ फेब्रुअरी लाई चकलेट डे भनेर मनाइन्छ । यस दिन प्रेमी जोडीहरु एक(अर्कालाई चकलेट दिने गर्दछन् ताकि जिन्दगिमा चकलेट जस्तै मिठास बनी रहोस् ।

चौथो दिन (टेडी डे)

टेडी बियर जस्तै मानिसको मन पनि कमजोर र संवेदनशील हुन्छ । मनको कोमलताको अनुभव प्रदान गर्नको लागि चौथो दिन मतलब १० फेब्रुअरी मा टेडी बियर गिफ्ट गर्दछन् । केटीहरुलाई यो स्टफ्ड खेलौना निकै मन पर्ने हुन्छ । टेडीलाई अंकमाल गरेर सुत्न र त्यस संग कुरा गर्न युवतीहरु निकै खुशी हुन्छन् ।

पाँचौ दिन (प्रमिस डे)

प्रेम गर्न जति सजिलो हुन्छ त्यो भन्दा गार्हो यसलाई सम्हाल्न हुने गर्दछ । फेब्रुअरीमा चल्ने परीक्षाको पाँचौ दिन मतलब ११ तारिखमा प्रमिस डे पर्दछ । यस दिन प्रेमी जोडी एक(अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।

छैठौं दिन (हग डे)

१२ फेब्रुअरीको दिन ’हग डे’ मनाइन्छ । एक आपसमा अंकमाल गरेर प्रेम व्यक्त गर्ने दिन हो यो । उक्त दिनको विशेषता भनेको अंकमालको बहानामा आफ्नो पार्टनरले कति माया गर्छ र उसको मनमा आफु प्रति कस्तो भावना छ भन्ने जान्नको लागि सजिलो हुन्छ ।

सातौं दिन (किस डे)

शब्द बिना नै प्रेम व्यक्त गर्न मन छ भने यस दिन प्रेमले भरिएको एक चुम्बन पर्याप्त हुन्छ । यस परिक्षाको सातौं दिन मतलब १३ फेब्रुअरी हरेक प्रेमीले जोडी एक अर्कालाई चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्न सक्छन् ।

अन्तिम दिन (भ्यालेन्टाइन डे)

भागदौड र व्यस्त जिन्दगीमा पार्टी गर्नको लागि एउटा बहाना भए पुग्छ । त्यस्तै सधै प्रेम जताएपनि त्यसको उत्सव एक दिन मनाउन निकै रमाइलो हुन्छ । भ्यालेन्टाइन डे त्यहि एक दिन हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्