पश्चिम नवलपरासीको सरावल गाउपालिकामा आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा



उर्मिला यादव, सुनवल / पश्चिम नवलपरासीको सरावल गाउपालिकामा आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । गाउपालीका बासीलाई सेवा पुर्याउने उदेश्यले सुरु गरिएको एम्बुलेन्स सेवाको आज एक कार्यक्रमका बिच गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले उद्घाटन गर्नुभएको छ । गाउपालीकाले आफनै लगानीमा केहि दिन अगाडी एम्बुलेन्स खरिद गरेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।

सरावल गाउपालिका भित्रका गर्भवती महिला सुत्केरी हुदा , आकस्मिक विरामि हुदा तत्कालै सेवा पुर्याउने उदेश्यले आज देखि एम्बुलेन्सको सेवा शुभारम्भ गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।

प्रसुतीका लागी अस्पताल लैजानु परेमा गाउपालीका बासिलाई निःशुल्क सेवा प्रदान गरिनेछ भने अन्य बिरामिका लागी अवस्था हेरेर कार्यपालीकाको निर्णय अनुसार सेवा प्रदान गरिने अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
जसका लागी कोष समेत स्थापना गरिसकिएको छ भने गाउपालीकाकाले यसअघि पनि स्वास्थ्य सेवामा नागरिकको पहुच बढाउन विभिन्न कार्य गर्दे आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्