एमालेले पनि च्यातेको थियो मतपत्र



 

काठमाडौं, जेठ १८ । भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न विवादलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। भरतपुरमा पुनस्निर्वाचन हैन, पुनस्मतगणना गर्न एमालेले निर्वाचन आयोगसँग माग गरेको छ।
मतपत्र च्यात्नमा एमाले आफैं पनि अछुतो छैन।
बीस वर्षअघि २०५४ सालमा भएको स्थानीय चुनाव क्रममा बागलुङको अमलाचौरमा आफूले हार्ने निश्चित भएपछि एमालेले मतपत्र च्यातिदिएको थियो। उक्त घटनापछि त्यहाँ पुनस् मतदान भएको थियो।
त्यो बेला जितको नजिक पुगेका अमलाचौर गाविसका कांग्रेस उम्मेद्वार कोपिलामणि शर्माले त्यसपछि भने उम्मेद्वारी नै दिएनन्।
त्यो बेलाको अवस्था सम्झिँदै उनले सेतोपाटीसँग भने, ‘हामी जितको नजिकै थियौँ, एउटा वडा मात्रै गन्न बाँकी थियो। एमाले प्रतिनिधिहरुले मतपत्र च्याते र गणनास्थलमै खुकुरी नचाए। हाम्रा प्रतिनिधि र निर्वाचन अधिकृतको समेत भागाभाग भयो।’
अमलाचौर गाविसमा त्यतिखेर कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेद्वार उठेका थिए। कांग्रेसका शर्मा, एमालेका खेमप्रकाश पाठक र जनमोर्चाका डिल्लीप्रसाद शर्मा अध्यक्षका उम्मेद्वार थिए।
अमलाचौर गाविसमा ९ वटा वडा थिए। तीमध्ये सबै वडामा मतगणना सकिएको थियो। ७ वडाका मत मात्रै गन्न बाँकी थिए।
‘वडा नम्बर ६ गनिसक्दा म ३२ मतले अघि थिएँ। त्यसपछि ७ नम्बर वडाका मत गन्न थालियो। मतपेटिका खोलेर तीनवटा पार्टीका मत तीन चाङ लगाइयो। कांग्रेको चाङ सबभन्दा ठूलो भयो।’
३२ मतले पहिल्यै अग्रता लिइरहेको कांग्रेसले जित्ने निश्चित भएपछि एमालेका मतगणना प्रतिनिधि तथा अध्यक्ष उम्मेद्वार खेमप्रकाश पाठकका भाइ कृष्णले कांग्रेसको चाङबाट मतपत्र झिकेर च्यातिदिएको कांग्रेसका कोपिलामणिले बताए। कृष्ण अहिले एमाले बागलुङका उपाध्यक्ष छन्।
‘उनीहरुले मतपत्र मात्र च्यातेनन्, खुकुरी नचाउँदै वडा नम्बर सातका मतपत्र जति झ्यालबाट फ्यालिदिए,’ शर्मा सम्झिन्छन्, ’मतगणनास्थलमा अरु पार्टीका प्रतिनिधि बस्न सक्ने वातावरण नै रहेन, न त निर्वाचन अधिकृत बस्न सके। उनी भागेर बागलुङ गए।’
त्यसपछि पुनस् निर्वाचन भएको त्यो ठाउँमा कोपिलामणिले अध्यक्ष पदमा फेरि उम्मेद्वारी दिएनन्। एमालेबाट खेमप्रकाश उठे।
मतपत्र च्यातेको आरोप लागेको एमालेको भने यो घटनामा फरक धारणा छ।
एमाले बागलुङका नेता सूर्य पाठक त्यतिबेला एमाले उम्मेदवार दुई मतले अगाडि रहँदा रहँदै एकाएक गणना स्थगित भएको बताउँछन्।
ुहामी दुई मतले अगाडि थियौं, तर गन्दागन्दै त्यहाँ गडबडी भयो,ु दोस्रो संविधानसभामा उठेर पराजित पाठकले भने, ुत्यसपछि मतदान अधिकृतले गणना रद्द भएको घोषणा गर्नुभयो अनि पुनस् निर्वाचन भयो।ु
पछिल्लो निर्वाचनमा जनमोर्चा र एमालेको तालमेल भयो र एमाले उम्मेद्वार खेमले नै जिते। उपाध्यक्षमा कांग्रेसले जित्यो। कोपिलामणि अहिले कांग्रेस अमलाचौरका अध्यक्ष छन्।
साभार सेतोपाटी अनलाईन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्